बन्दुक_र_लिम्बु_समुदाय[ Limbu culture] Yakthung culture
उहिलेको समयमा कुनै सन्चार माध्यमको पहुच नहुदा बन्दुक पड्किएको आधारमा सुभ र असुभ समाचार वारि पारीको मान्छेले थाहा पाउन भनेर बन्दुकको साहाराले समाचार आदानप्रदान गरिने गरिन्थ्यो लिम्बु समुदायमा । एउटा मात्र बन्दुक पड्किएमा असुभ समाचार वा मृत्यु भएको भनेर बुझिन्थ्यो भने लगातार दुई चार वटा बन्दुकहरु पड्किएको खण्डमा सुभ समाचार वा सुभ बिबाह भएको भनेर बुझिन्थ्यो ।
दस बर्षे जनयुद्दले यो संस्कारलाइ पुर्ण रुपमा असर पारेको थियो । गाउँ घरमा भए भरको सबै बन्दुक राता रात माओबादिले कब्जा गरे, कति बन्दुकहरु त 9/10 बर्ष लुकाएर मात्र राखियो माओवादी र पुलिस प्रसासनको डरले गर्दा त्यस पस्चात बन्दुकको प्रयोग बिरलै मात्रामा लिम्बु समुदायमा देखिन्थ्यो भनौ भने लोप हुनै लागेको थियो !
तर खुशीको कुरो हाल आएर त्यो लिम्बु सस्कृती लाई झल्काउने,दर्शाउने परम्परागत लिम्बु समुदायले दुख सुखमा प्रयोग गर्ने बन्दुक फेरि प्रयोग गर्न थालिएको छ ।
त्यसैले बन्दुक र लिम्बू समुदायको सम्बन्ध हामी लिम्बुहरुको इतिहास र बिकास क्रम संगै जोडिएर आएको जिवन्त उदाहरणहरु अहिले पनि देख्न र महसुस गर्न सकिन्छ....!!
नुगेन सेवारो
Limbu's Kingdom-याक्थुङ लाजे👑
#we_love_our_limbu_culture🙏
#हाम्रो_लिम्बु_संन्कृती_हाम्रो_पहिचान❣️
Comments
Post a Comment