Skip to main content

Posts

Showing posts from December, 2021

काल्पनिक कथा महाभारतका पात्र बार्बरिक र यलुङ हाङ (यलम्बर राजा) Yalambar hang, Yalung Hang

 काल्पनिक कथा महाभारतका पात्र बार्बरिक र यलुङ हाङ (यलम्बर राजा) Yalung Hang Yalambar hang   बार्बरिकको अर्थ। बार्बारिक एक पात्र हो पौराणिक कथा महाभारतको। उसलाई किरात राजा यलम्बर पनि भनिएको छ जुन एउटा भ्रम र गलत धारणा मात्र हो। बार्बरिक शब्दको 67 पर्यायवाची शब्द र विपरीथार्थ अर्थहरु लाग्छ। बार्बरिक को पर्यायवाची शब्दहरु पोहोरी,असभ्य, जङगली जनाउछ। संस्कृतमा बार्बरिक शब्दको अर्थ बार्बर = असभ्य,दुष्ट इक = एक व्यक्ती बार्बर + इक = बार्बरिक बार्बरिक शब्दको उत्पत्ती ल्याटिन बाट भएको थियो। ल्याटिन = ” बार्बरोस ” ल्याटिन शब्द बार्बरोसको अर्थ दुष्ट हो। बार्बरिक शब्द एक अपमानित शब्द हो ग्रीक शब्दमा baarbarik लाई barbarikas भनिन्छ भन्द अर्थ त्यही लाग्छ । उदाहरण : जिउदै बच्चा खाने बार्बरिक हुनेछ। आधार ( THE ENGLISH HERITAGE , THE DICTIONARY OF ENG HERITAGE )   ग्रीकहरुले मङगोलोइड हिमालय एसियाको मुलबासीहरुलाई बार्बरिक भन्ने गर्दथे। Barbarik = Barbarian आधार ( Ilustrated Encyclopedia,1977) आज पनि पश्चिम देशहरुमा थेप्चो जातीहरुलाई मन पराउदैनन।Youtube मा गएर Asian Hate भनेर खोज्नु त्यहा ह...

किरातहरु मङगोलमा अलमलिएका छ्न। Kirat civilization

 प्राचीन किरात देश पश्चिम् कस्मिर देखि पुर्ब म्यान्मारसम्म हिमालको फेदमा थियो भन्ने किरात इतिहासमा पाइन्छ। नेपालको आदिवासी (Indigenous) मध्येमा किरातीहरुको मात्र ठोस र प्रमाणीत  ईतिहास रहेको पाईन्छ 800BC (८०० ईसा. पुर्ब) अर्थत AD सुरु हुन भन्दा करिब ८३३ बर्ष अगाडी वा जिसको मृत्यु हुनु भन्दा करिब ८३३ बर्ष काठमाडौंमा मा किराती राजा यलम्बरले किराती शासनको स्थापना गरेको थिए जुन समय भगवान गौतम बुद्धको जन्म हुनु भन्दा १७७ बर्ष अगाडीको हो मुसलमान धर्म गुरु पैगम्बर मोहम्मदको जन्म हुनु भन्दा १,४०४ बर्ष अगाडीको हो।  अन्य आदिवासीहरुको ईतिहास हुँदा - हुँदै पनी प्रमाणीत ईतिहास पाउन गाह्रो छ । नेपालको ईतिहासमा काठमाडौं उपत्यकामा  शासन गर्ने शासकहरुमा किराती मात्र आदिवासी समुदायको छ । नेपालको ईतिहासमा सबै भन्दा लामो २९ जना  किरात शासकहरुले काठमाडौं उपत्यकामा शासन गरेको हो (कतै ३२जना किरात राजाहरुले शासन गरेको भनिएको) । लिच्छवी सँग युद्ध हारेपछी भने किरातीहरुले निरन्तर माझ किरात, पल्लो किरात र वल्लो किरात गरेर नेपालको पुर्बी भेगमा मा पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्नु अगाडि...

बोक्खा/रदु लुङ(मर्चा) kirat Rai culture

  बोक्खा/रदु लुङ(मर्चा) kirat Rai culture  किरातीहरुमा जन्मेदेखी मृत्यु संस्कारमा चाहिने जाडरक्सी यहि जाड बन्नलाई मर्चा आवस्यक पर्छ। जाँड बनाउन सबैभन्दा पहिले मर्चा चाहिन्छ, जुन सयौं वर्ष लामो समयको अध्ययन र अनुसन्धानपश्चात् बनेको हो।  जो आफैंमा महत्त्वपूर्ण आविष्कार थियो। मर्चामा आवश्यक वनस्पति तथा अन्नहरू भोस्मारीको फूल, कटहरको कोया, चितु, कोदोको पिठो, गहते, बेल्जाम आदि धुलो पारी तयार पारिन्छ।  आवश्यक वनस्पति प्रजातिहरूको छनोट त्यसको मिसावटको मात्राको समुचित परिमाण मिलाउन थोरै समयमा सम्भव भएको थिएन। रदु लुङ = किराती मार्चा। सिवुनाम = तितेपाती। सुबुकु = चोखो पानी। चुल्हो पुजक राईहरूको धर्म, कर्म, सस्कार, संस्कृती अनुसार विभिन्न निम्न कर्म कार्यहरूमा चोखिनु या चोख्याउनु परे, विशेष रूपमा तितेपाती, किराँती मार्चा र चोखो पानीको मिश्रण प्रयोगमा ल्याउने चलन चली आएको छ। 1) नयां घर बनाउनु परेमा। 2) नयां घरमा नयां चुल्हो ढुङ्गा      गाड्नु परेमा। 3) सुत्केरी चोख्याउनु परेमा। 4) मलामीहरू चोख्याउनु परेमा। 5) मृतकको घर चोख्याउनु परेमा। 6)  ... ... ... ......

बन्दुक र लिम्बु समुदाय [Limbu culture] Yakthung culture

  बन्दुक_र_लिम्बु_समुदाय[ Limbu culture] Yakthung culture उहिलेको समयमा कुनै सन्चार माध्यमको पहुच नहुदा बन्दुक पड्किएको आधारमा सुभ र असुभ समाचार वारि पारीको मान्छेले थाहा पाउन भनेर बन्दुकको साहाराले समाचार आदानप्रदान गरिने गरिन्थ्यो लिम्बु समुदायमा । एउटा मात्र बन्दुक पड्किएमा असुभ समाचार वा मृत्यु भएको भनेर बुझिन्थ्यो भने लगातार दुई चार वटा बन्दुकहरु पड्किएको खण्डमा सुभ समाचार वा सुभ बिबाह भएको भनेर बुझिन्थ्यो । दस बर्षे जनयुद्दले यो संस्कारलाइ पुर्ण रुपमा असर पारेको थियो । गाउँ घरमा भए भरको सबै बन्दुक राता रात माओबादिले कब्जा गरे, कति बन्दुकहरु त 9/10 बर्ष लुकाएर मात्र राखियो माओवादी र पुलिस प्रसासनको डरले गर्दा त्यस पस्चात बन्दुकको प्रयोग बिरलै मात्रामा लिम्बु समुदायमा देखिन्थ्यो भनौ भने लोप हुनै लागेको थियो ! तर खुशीको कुरो हाल आएर त्यो लिम्बु सस्कृती लाई झल्काउने,दर्शाउने परम्परागत लिम्बु समुदायले दुख सुखमा प्रयोग गर्ने बन्दुक फेरि प्रयोग गर्न थालिएको छ । त्यसैले बन्दुक र लिम्बू समुदायको सम्बन्ध हामी लिम्बुहरुको इतिहास र बिकास क्रम संगै जोडिएर आएको जिवन्त उदाहरणहरु अहिले प...

किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization

 ( किरात सभ्यताकालिन ऐतिहासिक,दरबारहरु,गढिहरु, किरातीहरुले पुज्ने शक्तिपिठ माङहरु किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization   नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा किरात इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ भनेर ईतिहासमा पाईन्छ।त्यसैले प्राचिन किरात सभ्यता,इतिहास जति नै नेपाली सभ्यता र इतिहास पनि प्राचीन रहेको देखिन्छ। यो प्राचीन भुमी नेपालमा किरातकालमा मानव सभ्यता विकासको क्रममा किरातहरुले स्थापना गरेको सभ्यता,ईतिहास,किरातीहरुले अपनाएको शाषनप्रणाली,न्याय प्रणाली,खानपान प्रणाली,कृषी प्रणाली,औषधि उपचार विधि,औजार उपकरण विधि,संस्कार-संस्कृति र दर्शन नै नेपाली सभ्यता,ईतिहास,शाषनप्रणाली,खानपान प्रणाली,कृषि प्रणाली,औषधिउपचार विधि,औजार उपकरण विधि,संस्कृति वा दर्शनको प्रवेशद्वार हो भन्ने ईतिहासकारहरुको मान्यता रहेको छ। तर प्राचीन नेपालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहास लाई प्रमाणित गर्ने आधारहरु...

किरातीहरुले गाई-गोरु का-टेर साकेला थान पुजा गर्दथिए

  किरातीहरुले आफनो मुन्दुमी संस्कृतीअनुसार उधौली-उभौली/साकेला पुज्दा/पितृ ३ चुला सुप्तुलुंग पुज्दा गाई-गोरुको मासु चढाउने गर्दथिए। नेपालको सबैभन्दा प्राचीन पुष्ट ईतिहास नै किरातकाल हो।किरातीहरुको पहिलो राजा यलम्बर हाङ देखी राजा गस्ती सम्म ३२ पुस्तासम्म यलाखोम भनेर चिनिने हालको काठमाण्डौ उपत्यकामा एकछत्र राज गरेको ईतिहास साक्क्षी छ। किरातीहरुले गाई-गोरु का-टेर साकेला थान पुजा गर्दथिए। किरात सभ्यता प्राचीनकाल देखी नै किरातीहरुले आफनो मुन्दुममा आधारीत रहेर मौलिक संस्कार संस्कृती मान्दै आईरहेका छन।किरातीहरुले प्रकृती(Nature) पुज्दछन/आफनो पितृ (Ancestors)लाई पुज्दछन/किरातीहरुले पैतृक अदृश्य शक्ती(Shamanism-Animinasm)पैतृक शक्ती र अदृश्य मुन्दुमी संसारमा विश्वास राख्दछन।  जसलाई Science विज्ञानमा आधारीत Quantum physics को भाषामा (सर्वव्यापी शक्ती) भन्न सकिन्छ भन्ने धारणा हो। किरातीहरुले जन्म देखी मृत्यु सम्म आफनो मुन्दुम अनुसार संस्कार संस्कृती गर्दछन,भने मुलत आफनो पुर्खा Ancestors सुम्निमा पारुहांग लाई मान्दछन। किरातीहरुले उधौली -उभौली गर्दा साकेला पुज्दा होस या आफनो पितृ पुज्दा पित...

मुन्दुमी शिर साल्पा शिलिचुङ हिन्दु र बौद्ध धर्मावलम्बीहरुको अतिक्रमणमा kirat Salpa silichung ध्वजा

  हाम्रो पहिचान हाम्रै समुदायका राई संस्था,किरात जन्य संघसंस्थाहरु गतिला नहुना कै कारण हिन्दुकरण र बौद्ध धर्मवलम्बीको अतिक्रमणको कपेटामा। राईको नाममा/किरातको नाममा आफ्नालागी मात्र सोचे,इतिहासबारे किरातबारे राईबारे सोचेनन हामीले मत दिएर माथी पुर्‍याउयौ तर माथी कसले पुर्‍यायो त्यो सोचेनन हामीलाई भर्र्याङ् मात्र बनाए। हाम्रा र हामी संरक्षण हुने छाटकाट देखिदैन। बास्तबमा किरात संस्कार संस्कृती हामी आफैलाई थाहा छैन हिन्दुको संस्कार संस्कृतीमा रमाउन परेको बाच्नु परेको छ। हाम्रो संस्कार संस्कृतीको बारेमा प्रचारप्रसार गर्दा  किरातीहरुले नै गालीगलैजा नकारात्मक प्रतिक्रिया दिनेगर्छ अरुको धर्मलाई सम्मान गर भन्छन येस्तो हुनुमा एक कारण यि संस्थाहरु हुन। झट्ट हेर्दा दृश्यमा यो ठाँउ कुनै लामाहरुको पुजाथलो हो भन्न जो कोहि नि सक्छ तर यथार्थमा यो किराती साया(शिर) मुन्दुमको उत्पत्ती थलो सिलिचुङ हो र यहाँ खुलेयाम धार्मिक अतिक्रमण भइरहेको छ !  साल्पा पोखरी देखि सर्दै सिलिचुङसम्म पुगिसक्यो र तुवाचुङमा नि अतिक्रमण सुरु हुँदै छ । तुवाचुङ- खोटाङ ,हलेसी अचम्मको बिषय कि अहिलेसम्म सिलिचुङमा कुनै ...

लेमलेम्मा थरी थरी रुप धारणगर्न सक्ने दैबिक जीव हो lemalemma kirat rai

 लेमलेम्मा बान्तावाभाषा शब्द हो ।लेम्लेम्मा भनेको गुलियो मिठास अर्थ मिठो बोलेर आक्रासन गर्ने र प्रभावमा पार्ने ( मानव ) रुप महिला हो ।लेमलेम्मा थरी थरी रुप धारणगर्न सक्ने दैबिक जीव हो । किरात राई मिथकको लागी सप्पन्न छ ।यो जातीमा अनैकौ मिथक दरपुस्ता प्रचलनमा रहदै आएको छ यस्ता मिथकहरु जीव जन्तु ,रुखबिरुवा ,ढुङ्गा ,खोला नाला संग सम्बन्धित रहेको पाइन्छ भने अन्य विषयहरुमा भुत प्रेत,आत्मा ,राक्षस ,बोक्सी आदी बारेमा रहेको पाइन्छ  । पहिला पहिला मानिसको जीवन निर्बाहको लागी मुख्य माध्यम खेतिपाती ,बस्तुभाउ र सिकारी पेसा थियो ।यो पेसा बाट जीवन निर्बाह गर्नको लागी वारि र खेतीको मेलो गोठालो घाँस दाउरा गर्नु र सिकार गर्न जानुपर्द्थ्यो । रातिको समयमा बाघ भालुको आक्रमण बाट बस्तुभाउ जोगाउनलाई  ठुल ठुलो मुढा जोडदै आगो बालेर साथीभाइहरु संग बसेर मिठो मिठो मिथकहरु जीवनको एक पाटाेलाइ जोडेर मनोरञ्जन पुर्ण र सनसनी पुर्ण बनाउने गरिन्थ्यो । यही मिथकको एक ससक्त पात्र  लेमलेम्मा थियो । अझैसम्म पनी किरात राई बसोबास क्षेत्रहरुमा लेमलेम्मा बस्ने ,लेमलेम्मा ओढार ,लेमलेम्मा भिर ,दुलो ,लेमलेम्मा ढिकी ...