किराती राईहरुकाे मिथक पढाै सेयर गराै! सृष्टिकालमा किरात राईहरुका सुन्तुम( सृष्टिकर्ता) पारुहाङ र सुम्निमाले सृष्टि गर्दा यस धर्तीमा किवा (बाघ),माक्सा (भालु) र हेन्कुबुङ(मानव)लाई सृष्टि गरे।बाल्यकाल बित्दै गएपछि हेन्कुबुङ(मानव) धनुकाँड लिएर तीनैजना दाजुभाइ जङ्गलतिर सिकार खेल्न जान थाले। किवा(बाघ) दाजु भएकाेले निकै घमण्डी थिए।माक्सा(भालु) खास घमण्डी थिएनन् हेन्कुबुङ(मानव)बुद्धिमानी र चलाख थिए।जङ्गलमा किवा र हेन्कुबुङ(मानव) शिकारकाे लागि बाजि नै गर्थे तर हेन्कुबुङले नै शिकारमा दाजुलाई जित्थे।यस्तो देखा किवा(बाघ) भाइमाथि जाइलाग्थे यस्तो व्यबहार देखेर भाइ वाक्क भइसकेका थिए घरमा आएर आमालाई सुनाउथे सुम्निमा छाेराहरुकाे यस्तो व्यबहारले साहै दुखी हुन्थिन्।दाजुले भाइलाई मार्नकाे लागि निकै पाप चिताउथे याे कुराे भाइले बुझिसकेकाे थियाे। सुम्निमाले छाेराहरुलाई खाजा पकाएर झाेलामा राखिदिइन् खाजा भाइले बाेक्यिाे र आमालाई खुट्टामा ढाेगे र शिकारतिर लागे।आमाले दाजुलाई सम्झाए भाइकाे हेरबिचार गर्नु चाडैं घर आउनु भनिन्। आमाबाट बिदा लिएर जङ्गलतिर लागे बाटोमा दाजुले भाइलाई निकै पटक झम्टिन खाेजियाे। शिकार...
suptulungsamkha.com is about Kirati Culture...